काठमाडौं, २८ असोज ।
बुधबार कोरोना संक्रमितको संख्या घटेको छ । २४ घन्टामा २६३८ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २१७४ जना निको भएका छन् । त्यस्तै, १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य थथा जनंसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ भने त्यसमध्ये ८० हजार ९ स य ५४ जना निको भएका छन् । ६७५ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौं उपत्यकामा बुधबार १४ सय तीनजनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा नौ सय ९६ जना, ललितपुरमा तीन सय पाँचजना र भक्तपुरमा एक सय दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।