काठमाडौं, २८ असोज ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफु विकसित परिस्थिती र घटना बुझ्ने क्रममा रहेको बताएका छन् । बुधबार राती ट्वीट गदैै उनले यस्तो बताएका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउका थिए । उनलाई प्रधानमन्त्री कार्यालयमा सिमित राखिएको छ । रक्षा मन्त्रालय ओली आफैंले राखेका छन् ।
उनले ट्वीटमा भनेका छन्– विकसित परिस्थिति र घटना- प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति/ टिप्पणी हेर्दै …. बुझ्ने कोशिस गर्दै ..!!!!!
पोखरेलको ट्वीटले प्रधानमन्त्री ओलीले उनीसँग सल्लाह नै नगरी रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइएको संकेत दिन्छ । अब पोखरेललाई राजिनामा दिने आँकलन गरिएको छ ।
पोखरेल नेकपामा ओली निकट नेता मानिन्छन् । तर पछिल्लो समय ओली र उनीबीच सम्बन्ध बिग्रिएको थियो ।