काठमाडौं, २ कात्तिक ।
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ४१ पुगेको छ ।
आइतबार २ हजार ९ सय ४२ संक्रमित थपिएकोमा २३२६ जना निको भएका छन् । ९२ हजार १ सय ६६ जनाले हालसम्म कोरोना तिरेका छन् ।
अब हामी उपचार गर्न सक्दैनौंः सरकार
सरकारले अब राज्यले उपचार गर्न नसक्ने जनाएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ प्रवक्ता गौतमले भने । यो निर्णय आजैदेखि लागू हुने उनको भनाई छ ।