Logo
Logo

एनआईबीएल सहभागिता फण्ड स्वचालित कारोबार प्रणाली लागू, विद्युतीय माध्यमबाटै इकाई खरिद गर्न सकिने


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबिएल म्युचुअल फण्डअन्र्तगत सञ्चालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ ।

यस अवसरमा योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यसको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई इन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरुमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ फण्डको स्वचालित कारोबार प्रणाली २०७७ कात्तिक २ गतेदेखि लागू गरिएको जनाएको छ ।

एनआईबीएल एस क्यापिटलको यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणालीमार्फत आम लगानीकर्ता तथा इकाइधनीले हालका लागि योजनाका इकाइ खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइनमार्फत अन्य विभिन्न सुविधा प्राप्त गर्न सक्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्