डा. बाबुराम भट्टराईलाई उनको हावादारी भाषणले चर्चाको शिखरमा पु¥याइदिएको छ । उनको भाषण सुन्नेहरु आफ्नो कान समाउने कि कौवाको पछाडि कुद्ने भन्ने द्विविधामा छन् । डा. भट्टराई एक जना सामान्य नागरिक मात्र होइनन्, यो देशको प्रधानमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । पदीय हैसियतले पनि उनले प्रमाणित र पुष्टि नहुने कुरा बोल्नु हुँदैन थियो । तर, उनले गोरखा पुगेर बूढीगण्डकी आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवामाथि बूढीगण्डकी आयोजना एउटा चिनियाँ कम्पनीलाई ठेक्कामा दिँदा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाए । तिनै जना प्रधानमन्त्रीहरुले आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका छन् । अहिलेसम्म भट्टराईले त्यसको प्रमाण, आधार केही पनि सार्वजनिक गर्न सकेका छैनन् । त्यसैले धेरैले उनको यो अभिव्यक्तिलाई लिएर ‘हावादारी’ हो भनेका छन् । ‘हावा नचली पात हल्लन्न’ भनिन्छ उनको कानमा यो हावा कताबाट चल्यो भन्ने कुरा पत्ता लगाउन सकियो भने मात्र उनले यो कुरा बोल्नु पछाडिको कारण पत्ता लाग्न सक्छ । पक्कै पनि उनले यस्तो आरोप लगाउनुको पछाडि केही रहस्य र कारणहरु हुनुपर्छ ।
एउटा जिम्मेवार नेताले अरुतिर चोर औला ठड्याउँदा त्यो औंला आफूतिर पनि फर्कन सक्छ भन्ने कुरा विचार पु¥याउनुपर्छ । भट्टराईले गोरखामा पुगेर जे जति आरोप लगाए, त्यो आरोप मात्र हो । उनले ९ अर्ब खाएको कुरा पुष्टि गर्न सक्दैनन् । उनले यस्तो आरोप लगाउनुको पछाडि बूढीगण्डकीबाट चिनियाँ कम्पनी फिर्ता गराउने उद्देश्य मात्र हो । कमिशन नै खाएको आरोप लगाएपछि अब कसैले पनि त्यो आयोजना चिनियाँ कम्पनीलाई दिने आँट गर्न सक्दैन ।
डा. भट्टराईको यो अभिव्यक्तिपछि धेरै मिडियाले यसको रहस्य खोल्न खोजेका छन् । तर, यो विषयमा जवाफ दिँदा डा. भट्टराईको भनाइ– ‘म ताक्छु मुढा बन्चरो ताक्छ घुँडा’ भनेजस्तै छ । उनले ठ्याक्कै ९ अर्ब क–कसले कसरी खाए भन्ने कुराको जवाफ दिन सकेका छैनन् । उनले कहिले लोकपाल विधेयकको कुरा गर्छन् त, कहिले अन्य भ्रष्टाचारसम्बन्धी काण्डको कुरा गरेर उम्कन खोज्छन् । यसले भट्टराई नैतिक संकटमा फसेका छन् । भट्टराईले जुन जगमा टेकेर राजनीति आरम्भ गरेका थिए, त्यो जग उनले त्यागिसकेका छन् । देशमा भ्रष्टाचार बढ्यो, विदेशी हस्तक्षेप बढ्यो, गरिब जनता भोकभोकै मर्न थाले त्यसैले क्रान्तिबिना शान्ति सम्भव छैन भनेर उनले मुलुकलाई दश वर्षे जनयुद्धमा होमे । १७ हजारको बलिदानी भयो, हजारौं बेपत्ता छन्, लाखौं अपांग, टुहुरा बने । त्यही जगमा आज नेपाल गणतन्त्रमा प्रवेश गरेको छ । तर, आज उनी कुन धरातलमा छन् । गोरखाबाट चुनाव जिताउन उनलाई कुन शक्तिले सहयोग ग¥यो । आदि कुरा खोतल्दै जाने हो भने नेपाली राजनीतिमा उनी जत्तिको निर्लज्ज नेता सायदै भेटिएला । आफू निर्लज्ज भइसकेपछि अरुलाई पनि निर्लज्ज देख्नु नेपाली राजनीतिको रोग नै हो ।
२०४८ सालपछाडि राजनीतिमा लाग्नेहरु खोज्दै जाने हो भने सुनपानीले छर्किएको इमान्दार केही नेताहरु भेटिएला । त्यतिबेला डा. भट्टराईको आर्थिक हैसियत के थियो र अहिले के छ भन्ने कुरा पनि सबैले जाने बुझेकै हो । उनी मात्र होइन, भ्रष्टाचारको सिलसिलामा उनकी पत्नी हिसिला यमी पनि जोडिएकी छिन् । चिनियाँ जहाज खरिद प्रकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्रि सप’ बन्द गराउँदा राज्यले कति नोक्सानी व्यहोर्नुप¥यो र त्यसबाट भट्टराई पत्नी यमीले कति कमिशन बुझिन्, र त्यो रकम कुन बैंकको कति नम्बर खातामा जम्मा भयो भन्ने कुरा कमिशन एजेन्टलाई थाहा होला, जो एजेन्ट अझै पनि जिउँदैछन् । यो त एउटा उदाहरण मात्र हो । त्यसैले एउटा जिम्मेवार नेताले अरुतिर चोर औला ठड्याउँदा त्यो औंला आफूतिर पनि फर्कन सक्छ भन्ने कुरा विचार पु¥याउनुपर्छ । भट्टराईले गोरखामा पुगेर जे जति आरोप लगाए, त्यो आरोप मात्र हो । उनले ९ अर्ब खाएको कुरा पुष्टि गर्न सक्दैनन् । उनले यस्तो आरोप लगाउनुको पछाडि बूढीगण्डकीबाट चिनियाँ कम्पनी फिर्ता गराउने उद्देश्य मात्र हो । कमिशन नै खाएको आरोप लगाएपछि अब कसैले पनि त्यो आयोजना चिनियाँ कम्पनीलाई दिने आँट गर्न सक्दैन । किनभने, नेपालको जलस्रोतमाथि भारतले एकाधिकार जमाएर बसेको छ । त्यसमाथि जलाशययुक्त आयोजना रणनीतिक महत्वको हुने भएकोले भारत त्यसका लागि सधैँ सहकार्य गर्न तयार छ । यही मन्त्र बुझेका भट्टराईले आफ्नो मालिकको सेवा गर्न ९ अर्बको हावादारी गफ गरेका हुन् । कुनै दिन भट्टराई पुनः प्रधानमन्त्री भए भने उनको पहिलो निर्णय बूढीगण्डकी भारतीय कम्पनीलाई सुम्पने हुनेछ । लेखेर राख्नु होला ।
अन्त्यमा, सम्पूर्ण पाठकवर्गमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।