काठमाडौं, ५ कात्तिक ।
नेपालमा अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २४ घन्टामा यतीधेरैमा संक्रमण देखिएको पहिलोपटक हो ।
त्यस्तै, २४ घन्टामा २ हजार ९ सय ९६ पुगेको छ ।
नेपालमा कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८ सय ७२ जनामा संक्रमण भएकोमा ९९ हजार ६ सय ५ जना निको भएका छन् भने ७ सय ९१ जनाको ज्यान गएको छ । बुधबार सर्वाधिक २६ जनाले ज्यान गुमाएका छन् ।
सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।
उपत्यकामा एकैदिन ३ हजार एक सय सात जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।