Logo
Logo

मन्त्री शाहद्वारा दशैँ खर्च बालगृहमा बस्ने अनाथलाई सहयोग


- नन्दा थापा

126
Shares

– नन्दा थापा

बाजुरा, ५ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले अनाथ बालबालिका बस्ने बालगृहलाई चाडपर्ववापत पाएको खर्च दिने बताएका छन् । दशै तिहार, छठपर्वको अवसरमा पाउने खर्च कन्सन बाजुराले सञ्चालन गरेको बालगृहलाई सहयोग गर्ने बताएका छन् ।

मन्त्री शाहको सचिवालयले सामाजिक सञ्जालमार्फत चाडपर्ववापतको भत्ता ६३ हजार रुपैयाँ बालगृहमा रहेका अनाथ बालबालिकालाई दिने निर्णय गरेको जानकारी गराएको छ । दशैंभत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना भइरहेको बेला मन्त्री शाहले पनि आफूले पाएको भत्ता बुढीगंगा नगरपालिका–२ मा रहेको बालगृहलाई दिने निणर्य गरेका हुन् ।

देशले सामना गरिरहेको कोरोना महामारीको यस संकटपूर्ण घडीमा जनप्रतिनिधिको हैसियतमा चाडपर्व खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको दृष्टिकोणले पनि उपयुक्त नभएको बताउँदै मन्त्री शाहले चाड पर्व वापत पाएको ६३ हजार रुपैयाँ बालगृहलाई दिने सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको छ ।

बालगृहमा १३ जना अनाथ बालबालिकाको बसोबास रहेको छ । दशै तिहार मनाउन र पठन पाठनमा सहयोग पुग्ने विश्वास कन्सन बाजुराले गरेको छ । ती अनाथ बालबालिकाको गास, बास, कपास र पठन पाठनको जिम्मा पनि कन्सन बाजुराले नै लिएको छ ।

प्रतिक्रिया दिनुहोस्