काठमाडौं, ९ कात्तिक ।
पूर्व गृहमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जनाएका हुन् ।
उनले लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पजिटिभ आएको जानकारी गराउँछु । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’