काठमाडौं, १० कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने बताएकी छिन् । उनले आगामी दसैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादसैँको उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छिन् ।
आज अपराह्न ट्विट गर्दै उनले कोभिड– १९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दसैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नुका साथै छोरी ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि टिका लगाइदिएकी थिइन् ।