काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा सञ्चालनमा ल्याएकोे छ ।
यीमध्ये सुदूरपश्चिम प्रदेशको बझाङस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश नं १ को इलामस्थित फिक्कल हुन् । नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा सञ्जाल, एटिएम, विस्तारित काउन्टरलगायत शाखारहित बैंकिङ इकाइहरुमार्फत अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकको निक्षेप रु १२२ अर्ब र कर्जा लगानी रु ११५ अर्ब रहेको बैंकले जनाएको छ ।