Logo
Logo

अमेरिकामा राष्ट्रपतिको चर्काे प्रतिस्पर्धाः चार राज्यले तय गर्नेछ ट्रम्प र बाइडनको भविष्य


- दृष्टि न्युज/संवाददाता

1.1k
Shares

काठमाडौं, १९ कात्तिक ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा तिव्र प्रतिस्पर्धा देखिएको छ । डेमोक्राट उम्मेदार जोए बाइडनले अग्रता लिएपनि डोनाल्ड ट्रम्पले उनलाई कडा टक्कर दिइरहेका छन् ।

अमेरिकी सञ्चार माध्यमका अनुसार बाइडेनले २ सय  ३८ इलेक्टोरल सिटमा जित निश्चित पारेको अनुमान गरिएको छ े वर्तमान राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले २ सय १३ सिटमा आफ्नो जित निश्चित गरिसकेका छन्। जितका लागि दुई सय ७० इलेक्टोरल भोट आवश्यक हुन्छ ।
मत गणना भइरहेका चार राज्यले अन्तिम परिणामको तय गर्ने बताइएको छ । जर्जियाको १६, मिसिगन १६, नर्थ क्यारोलिनामा १५ र पेन्सेल्भेनिया २० इलेक्टोरल सिटले राष्ट्रपतिको भविष्य तय गर्नेछ ।

मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। अधिकांश राज्यहरुको नतिजा मोटामोटी रुपमा बाहिर आइसके पनि ८ वटा राज्यमा भने अझै यसै भन्न सकिने अवस्था छैन। अब ८ वटा राज्यबाट ९८ सिटको नतिजा स्पष्ट हुन बाँकी छ। खासगरी विस्कन्सिन, पेन्सेल्भेनिया, जर्जिया र मिसिगनको नतिजाले ट्रम्प र वाइडेनको भाग्य निर्धारित गर्नेछ। पेन्सेल्भेनियामा २०, जर्जियामा १६, मिसिगनमा १६ र नर्थ क्यारोलिनामा १५ इलेक्टोरल सिट छ। अर्थात यी चारवटा राज्यमा ६७ सिट छ।
मत गणना भइरहेका विस्कनसिनमा १०, एरिजोनामा १०, नेभाडामा ६ र अलस्कामा ३ इलेक्टोरल भोट छ। अमेरिकी समाचार संस्थाहरुका अनुसार जारी मत गणनामा डेमोक्र्याटिक उमेद्वार वाइडेन विस्कनसिन, नेभाडा र एरिजोनामा मात्र अगाडि छन्। ट्रम्पलाई मिसिगनमा २ लाख र पेन्सेल्भेनियामा ७ लाख मतको अग्रता छ।

सबैभन्दा बढी इलेक्टोरल सिट रहेको टेक्सास ट्रम्पले जितेका छन्। टेक्सासमा ३८ इलेक्टोरल सिट छ। २९ सिट रहेको न्युयोर्क भने बाइडेनले जितेका छन्। अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल भोटका लागि मतदान भएको हो।

राष्ट्रपति ट्रम्पले मत गणना स्थगनको माग राखी सर्वाेच्च अदालत जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्