Logo
Logo

ओली र प्रचण्डबीच आज ‘निर्णायक’ वार्ता ?


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं, २० कात्तिक ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग बनाएर जाने प्रस्ताव राखेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला आज दुई अध्यक्षबीच भेटवार्ताको तयारी भइरहेको छ । ओलीले प्रचण्डलाई आज छलफलका लागि बालुवाटार बोलाएका छन् ।


दुई अध्यक्षबीचको आजको छलफल निर्णायक हुनसक्ने बताइएको छ । प्रधानमन्त्री निकट नेताहरुकै पहलमा आज छलफल हुन लागेको हो । छलफलमा सहमति गराउने प्रयास भइरहेको छ ।

ओलीले गत साताको भेटमा तथा फोन वार्तामा प्रचण्डसँग यसरी विवाद गरेर अघि बढ्नुभन्दा पार्टी अलग गरेर जान सकिने बताएका थिए । बुधबार एक कार्यक्रममा आफूले कुनै पनि परिस्थितीमा राजिनामा नदिने बताएर आफुलाई हटाउन चलखेल भइरहेकोमा संकेत गरेका छन् ।
विवाद बढेपछि पछिल्लो समय संसदीय दलमा समेत हिसाबकिताब सुरु भएको छ । दुवै अध्यक्ष बरिष्ठ नेता माधव नेपाललाई हात लिएर संसदीय दलमा बहुमत बढाउने रणनीतिमा छन् । प्रधानमन्त्रीलाई हटाउन पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ । त्यसकारण संसदीय दलको समिकरणमा पछिल्लो समय चासो बढेको छ ।
आजको छलफलमा प्रचण्डलाई फकाउने रणनीतिमा प्रधानमन्त्री ओली रहेको उनी निकट नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्