काठमाडौं, २० कात्तिक ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्षद्वयबीच आज छलफल भइरहेको छ । कार्यकारी अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।
दुई अध्यक्षबीचको आजको छलफल निर्णायक हुनसक्ने आँकलन गरिएको छ । प्रधानमन्त्री निकट नेताहरुकै पहलमा आज छलफलको वातावरण बनेको हो । छलफलमा सहमति गराउने प्रयास भइरहेको छ ।
ओलीले गत साताको भेटमा तथा फोन वार्तामा प्रचण्डसँग यसरी विवाद गरेर अघि बढ्नुभन्दा पार्टी अलग गरेर जान सकिने बताएका थिए । बुधबार एक कार्यक्रममा आफूले कुनै पनि परिस्थितीमा राजिनामा नदिने बताएर आफुलाई हटाउन चलखेल भइरहेकोमा संकेत गरेका छन् ।