काठमाडौ., २० कात्तिक ।
प्रहरी समायोजनविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । २ नम्बर प्रदेश सरकारले दायर गरेको रिट बिहीबार दर्ता भएको छ ।
प्रहरी समायोजनमा प्रदेश प्रहरीलाई थोरै अधिकार दिन लागिएको र केन्द्रले नै प्रहरी भर्ना प्रक्रिया अघि बढाएको भन्दै त्यसविरुद्ध रिट दायर भएको हो । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादबको तर्फबाट अधिवक्ता सुनिलकुमार चौहानले रिट दायर गरेका हुन् ।
गृह मन्त्रालय, प्रहरी प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई प्रहरी भर्ना रोक्न माग गरिएको हो । २६ कात्तिकका लागि पेशी तोकिएको छ ।