काठमाडौं, २३ कात्तिक ।
प्रचण्डसँग विवाद बढेपछि बरिष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् । उनले आइतबार नेता नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
छलफलमा नेता नेपाल आफु निकट तीन नेतालाई लिएर गएका छन् । मिध रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित उनी बालुवाटार पुगेका छन् ।
ओलीको कार्यशैलीविरुद्ध प्रचण्ड, माधव नेपाल लगायत नेताहरु एक ठाउँमा छन् । नेता नेपाललाई हात लिएर सत्ता जोगाउने योजनामा ओली छन् । शनिबार मात्र प्रचण्ड, नेपालसहितका पाँच नेताले ओलीसमक्ष सचिवालय बैठक बोलाउन लिखित निवेदन दिएका थिए ।
शनिबारको एक अन्तर्वार्तामा ओलीले नियुक्तिहरुमा आफुमाथि बहुशक्तिकेन्द्रको दबाब आएको बताएका थिए ।