काठमाडौं, २५ काठमाडौं ।
सल्लाहकार टिमबाट प्रधानमन्त्री केपी शर्मा ओलीको बेइज्जती हुने क्रम रोकिएको छैन । सोमबार र मंगलबार लगातार प्रधानमन्त्रीको आधिकारीक ट्वीटर ह्यान्डलबाट ओलीलाई बदनाम गराउने काम भएको छ । दुवै काम उनका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन् ।
मंगलबार उनले प्रधानमन्त्रीको ट्वीटर ह्यान्डलबाट पत्रकार मात्रिका पौडेललाई बधाई दिए । पत्रकार पौडेल र आफ्नो फोटो राखेर नयाँ काम गर्न लागेको भन्दै उनले बधाई दिएका थिए । खासमा आफ्नो ट्वीटर ह्यान्डलबाट शुभकामना दिन चाहेका थिए । तर, प्रधानमन्त्रीको ह्यान्डलबाट दिए । पछि उनले डिलिट गरेका थिए । जून विषयलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री र उनको टिममाथि व्यंग्य गर्ने काम भइरहेको छ ।
सोमबार उनले मन्त्रिपरिषद्को बैठक जारी भन्दै प्रधानमन्त्रीको ह्यान्डलबाट ट्वीट गरेका थिए । त्यो अशुद्ध लेखिएको थियो । पछि डिलिट गरे ।
यी दुई घटनाले प्रधानमन्त्रीका सल्लाहकार कस्ता छन् भन्ने प्रष्ट हुन्छ । तर, यस्तो पहिलोपटक भएको हो । गत वर्ष प्रधानमन्त्रीकै ट्वीटरबाट भारतीय कांग्रेसका नेताको ट्वीट रिट्वीट गरिएको थियो । पछि ट्वीटर ह्याक भएको भनेर त्यसलाई लुकाउन खोजिएको थियो ।