काठमाडौं, २५ कात्तिक ।
विष्णु पौडेल अर्थमन्त्री भएको केही हप्तामै नतिजा देखिन थालेको छ । उनको सक्रियतामा भएक केही महत्वपूर्ण निर्णयले सरकारकै लोकप्रियता बढ्न थालेको छ ।
उनकै प्रस्तावमा सरकारले सोमबार पुस्तक आयातमा लगाएको कर हटाउने निर्णय गरेको छ । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले पुस्तकका कर लगाएका थिए । चर्काे विरोध हुँदा पनि उनले यो निर्णय सच्याउने प्रयास गरेनन् ।
त्यस्तै सरकारले कोरोना परीक्षण र उपचार पनि निशुल्क गर्ने निर्णय गरेको छ । मितव्ययितासम्बन्धि नीति कार्यान्वायन गराउने प्रस्ताव पनि मन्त्री पौडेलले पास गरेका छन् ।
यसअघि कोरोना बीमाको भुक्तानी तत्काल गराउन उनले पहल गरेका थिए ।