Logo
Logo

गृह मन्त्रालयको निर्णयः यो वर्ष देउसी–भैलो खेल्न नपाइने


- दृष्टि न्युज/संवाददाता

693
Shares

काठमाडौं, २७ कात्तिक ।
यो वर्षको तिहारमा देउसी– भैलो नखेल्न गृह मन्त्रालयले आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना भाइरस संक्रमण फैलने जोखिम हुने भएकाले देशैभरी यो वर्ष रोक्न लागिएको छ ।


मन्त्रालयले बिज्ञप्ती निकाली घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भिडभाड नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । धेरैले जिल्लाले देउसी भैले खेल्न प्रतिबन्ध लगाउनै नै निर्णय गरिसकेका छन् । उपत्यकाका तीनै जिल्लामा पनि देउसी भैंलेमा रोक लगाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले त बुधबार यससम्बन्धि निर्णय गरिसकेको छ । गृह मन्त्रालयले देउसी भैलो खेल्न बालबालिकालाई घरबाट बाहिर जान नदिन अभिभावकहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले पटना, भुईचम्पा, आतसबाजी जस्ता वस्तुको प्रयोगलाई पनि पूर्ण रुपमा बन्देज गरिएको जनाएको छ । तिहार तथा छठको समयमा हुनसक्ने कालोबजारी नियन्त्रणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताए ।

उपत्यकाका दिउँसो पनि मापसे चेकिङ
चाडपर्व बिशेष सुरक्षा योजना अन्र्तगत उपत्यकाका प्रहरीले चेकजाँच बढाएको छ । बुधबारदेखि मुख्य सडकहरुमा चेकपोष्ट थपेर चेकजाँच गरिएको छ । ट्राफिक प्रहरीले दिउँसै मापसे जाँच समेत थालेको छ । चाडपर्वको समयमा दिउँसो समेत मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ती हुन सक्ने भएकाले दिउँसो पनि चेकजाँच थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
चाडपर्वको समय लुटपाटका घटना बढ्न सक्ने भन्दै चेकजाँच कडा गरिएको हो । कडाईका कारण विगतका वर्षको तुलनामा चोरी तथा लुटपाट नगन्य मात्र भएको काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली बताउँछन् । जुवातास नियन्त्रणलाई पनि प्रहरीले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्