Logo
Logo

नेकपाका अध्यक्षबीच ‘पत्र–युद्ध’, इनफ इज इनफ !


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २८ कात्तिक ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयबीचको विवाद ‘पत्र–युद्ध’मा पुगेको छ । दुई अध्यक्षले गालीगलौचसहित एक अर्कालाई पत्र लेखेका छन् ।

सुरुमा अध्यक्ष प्रचण्डसहितका पाँच नेताले ओलीलाई बैठकको माग राखी पत्र लेखेका थिए । त्यसको जवाफमा ओलीले प्रचण्डलाई पत्र लेखेकोमा प्रचण्डले ओलीलाई शुक्रबार आरोप प्रत्यारोपसहित दोस्रो पत्र लेखेका हुन् ।
ओलीले पत्रमा अहिलेको सम्पूर्ण समस्याको जड निश्चित शीर्ष नेताहरूको अतृप्त आकांक्षाको प्रतिफलबाहेक केही नभएको दाबी गरेका छन् । सबै समस्या कृत्रिम ढंगले र बलजफ्ती खडा गरिएको ओलीको दाबी छ ।
ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई पत्र नै लेखेर थुप्रै गम्भीर प्रश्नसमेत गरेका छन् । प्रचण्डसहित सचिवालयका पाँच सदस्यले बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि जवाफमा ओलीले प्रचण्डलाई पत्र लेखेका हुन् ।

कचपचको शृंखलामा कहिलेसम्म रहने ?, तमासाबाट अझै आजित हुनुभएको छैन ? सरकार लोकप्रिय हुँदा नै पार्टी बलियो हुने होइन र ? नेकपा एउटै पार्टीभन्दा संयुक्त मोर्चाजस्तो किन छ ? सरकार संयुक्त सरकारजस्तो किन छ ? राजनीतिक नियुक्ति राम्रालाई गर्ने कि हाम्रालाई ? जस्ता प्रश्न ओलीले गरेका छन् ।
चार महिनापछि हुने महाधिवेशनबाट हुने नेतृत्व हस्तान्तरण र चयन तथा दुई वर्षपछि हुने आमनिर्वाचनप्रति विश्वास गुमेर सधैँ सरकारका लागि दौडधुप गरेको हो भन्ने प्रश्न पनि ओलीले गरेका छन् । ओलीले नियुक्तिमा नातागोतालाई स्थान नदिएकोसमेत दाबी गरेका छन् ।

संस्थागत निर्णयबाट सबै समस्याको समाधान हुने ओलीको विश्वास छ । पार्टीविभाजन गरेर आ–आफ्नो बाटो हिँडौँ भनेर लगाइएको आरोप पूर्ण रूपमा अस्वीकार गर्ने उनले बताएका छन् । ओलीले गुटबन्दी र दाउपेच छाडेर एकजुट हुन पनि आग्रह गरेका छन् ।
क्तिपय गलत कुरा बोलेको भन्दै अ‍ोलीविरुद्ध प्रचण्डले पत्रमा आक्रोश पोखेका छन् । आफुले रामबहादुर थापा बादललाई उपप्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै आएको तर उनलाई हटाउन आफु लागेको आरोप लगाएकोमा प्रचण्डले पत्रमा भनेका छन्,‘
अति गर्नु, अतिचार नगर्नु भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, एनअफ इज एनअफ ’
आफुलाई कार्यकारी अध्यक्षको जिम्मेवारी नदिएकोमा पनि प्रचण्डको आक्रोश छ । ‘एकातिर तपाईं कार्यकारी अध्यक्ष दिईसकेपछि गरेर देखाउनु प¥यो भन्नुहुन्छ, अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको अड्डी लिनुहुन्छ। यसलाई हलो हड्काउने र गोरु चुट्ने काम बाहेक अरु के बुझ्ने कमरेड?’, प्रचण्डको प्रश्न छ।
राजदूत नियुक्तिमा पनि ओलीले जाली कुरा गरेको प्रचण्डको आरोप छ।
लामो विवादपछि शुक्रबार बसेको पार्टीको बैठक ३ मंसिरसम्मका लागि सरेको छ ।

प्रतिक्रिया दिनुहोस्