Logo
Logo

प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमाः शंकर पोखरेल


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २९ कात्तिक । 
नेकपाका अध्यक्षद्वयबीच यतीबेला ‘पत्र–द्वन्द्व’ चलिरहेको छ । पत्रमार्फत नै एकले अर्कालाई आरोप लगाइरहेका छन् ।


यो विषयले अन्य नेताको चासो नबढ्ने कुरा भएन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् ।
उनले शनिबार फेसबुकमा लेखेका छन्–

कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।

व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ । अध्यक्षहरु व्यक्तिगत विचार राख्न स्वतन्त्र छन् । तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमती हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ । गंभीर विवादका वेलामा यस्ता विषयमा झनै संवेदनशील वन्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्