सुनसरी, २९ कात्तिक ।
सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको खास मान्छे भन्दै व्यापारीसँग रकम असुली गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । विकास भनिने विक्रम गुप्तालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार उनले केही व्यवसायीसँग पैसा मागेका थिए । प्रहरी उपरीक्षक कमल थापाको मुख्य मान्छे रहेको र ठुला मुद्धा मात्रै हेने भन्दै अवैध रकम असुली गरेको अभियोगमा गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गुप्ताले सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा रहेका व्यवसायीबाट रकम असुलेको अनुसन्धानका क्रममा खुलेको छ ।