काठमाडौं, ३ मंसिर ।
नेकपा नेतृत्वमा विवाद चर्कदै गएको छ । आज बस्न लागेको सचिवालय बैठकमा प्रचण्ड तथा माधव नेपाल पक्षले वार–पारको तयारी गरेका छन् ।
सचिवालय बैठक स्थगनको माग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपनि प्रचण्ड तथा माधव नेपाल पक्षले अस्वीकार गरेका छन् । जसकारण आजको बैठक निर्णायक हुने आँकलन गरिएको छ । जसकारण कार्यकर्ता मात्र हैन नेताहरु नै चिन्तित देखिएका छन् ।
प्र्यटनमन्त्री योगेश भट्टराईले विवादप्रति संकेत गर्दै लेखेकाछन्–सर्वाधिक कठिन समय ।
विवाद मिलाउन विष्णु पौडेल, शंकर पोखरेल लगायत नेताहरु सक्रिय भएपनि ओलीले पटक पटक पार्टीको निर्णय उल्लंघन गरेको भन्दै अन्य नेताहरु यसपटक उनलाई सबक सिकाउने तयारीमा छन् । विवाद मिलाउन राष्ट्रपति बिद्यादेवी भण्डारीदेखि चिनियाँ राजदूतसम्म सक्रिय छिन् ।