Logo
Logo

संसदीय दलमा बहुमत पुर्याउन ओलीद्वारा पूर्वमाओवादी नेताहरूसँग छलफल


- दृष्टि न्युज/संवाददाता

819
Shares

काठमाडौं, ३ मंसिर ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलमा बहुमत पु¥याउने रणनीतिमा लागेका छन् । आफ्ना निकट तथा समर्थकबाट मात्र उनलाई बहुमत नपुग्ने भएपछि उनले पूर्वमाओवादी समूहका नेताहरूसँग संवाद बढाएका छन् ।

आइतबार सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा, लेखराज भट्टसँग लामो छलफल गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार ओलीले प्रचण्ड–नेपाल समूहले पार्टी विभाजनको गृहकार्य गरेको भन्दै सहयोगको अपेक्षा गरेका थिए । ‘हामीले दुवै अध्यक्षसँगको भेटमा एउटै भनाइ राखेका छौँ– पार्टी फुटाउनुहुँदैन । मुलुक र कम्युनिस्ट आन्दोलनको भविष्यका लागि एकता जुनसुकै हालतमा जोगाउनुपर्छ भनेका छौँ,’ नेता पौडेलले  भने, ‘उहाँहरूले ठीक छ, हामीले पहल गरिरहेका छौँ, पार्टी एकता टुट्न दिँदैनौँ भन्नुभएको छ ।’ मंगलबार रायमाझी, पौडेल र हरिबोल गजुरेलसँग अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा छुट्टै छलफल गरेका थिए ।

उनले पूर्वमाओवादी तथा माधव नेपाल निकट सांसदहरुलाई फकाउन आफु निकट नेताहरु परिचालन गरेको स्रोत बताउँछ ।

आफुलाई हटाउने प्रयास भएमा संसदीय दलमा ४० प्रतिशत पुर्याउने र राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको ओलीको योजना रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्