Logo
Logo

प्रहरी बनेर ११ लाख लुट्ने समातिए


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौँ, ३ मंसिर ।

१६ वर्षअघि प्रहरी बनेर ११ लाख लुट्नेहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले मकवानपुरका जगन्नाथ ढकाललाई पक्राउ गरेको हो ।


ढकालसहितका व्यक्तिले जडिबुटीमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर गाडीमा राखी एकान्त ठाउँमा पु¥याएर उनको साथमा रहेको नगद, मोटरसाइकल र मोबाइलसहित ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल लुटेका थिए।

प्रहरीका अनुसार २०६१ साल जेठ ७ गते मोटरसाइकलमा बनेपाबाट फर्किरहेका नारायण खनाललाई रोकेर पाँच जनाको समूहले आफुहरु सुरक्षाकर्मी रहेको र सोधपुछ गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएका थिए। खनालले आफ्नो साथमा रहेको १० लाख २५ हजार रुपैयाँसहित मोटरसाइकल र मोबाइल उक्त समूहले लुटेको उजुरी दिएका थिए।

काठमाडौँ जिल्ला अदालतले २०६४ सालमा ढकाललाई ६ वर्ष कैद र एक लाख ९६ हजार ९ सय ५० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। त्यस घटनामा प्रहरीले ११ जना व्यक्ति घटनामा संलग्न रहेको आरोप लगाएको थियो। लामो समय विदेशमा रहेका ढकाल पछिल्लो समय गृह जिल्ला मकवानपुरस्थित आफ्नै गाउँमा बसिरहेको अवस्थामा पक्राउ गरिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्