काठमाडौं, २ मंसिर ।
कोभिड १९ को भ्याक्सिन सहज रुपमा ल्याउन सरकारले अध्यादेश ल्याएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट औषधी अध्यादेश २०७७ जारी भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा सो अध्यादेश ल्याइएको हो । विगतको कानूनअनुसार भ्याक्सिन ल्याउन समस्या हुने भएकाले औषधी ऐन अध्यादेशमार्फत संशोधन गरिएको हो । विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई मध्यनजर गरी तयारी गर्न आवश्यक समय समेतका लागि अध्यादेश जारी गरिएको हो ।