काठमाडौं, ११ मंसिर ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी वलका डिआईजीहरुको सरुवा गरेको छ । सरुवामा विभिन्न बाहिनीपतिहरु समेत हेरफेर भएका छन् ।
२ नम्बर प्रदेशको बाहिनीमा चन्द्रप्रकाश गौतम, ४ नम्बरमा नारायादत्र पौडेल, उपत्यका बाहिनीमा राजु अर्याल तथा सुदुरपश्चिम प्रदेशको ७ नम्बर बाहिनीमा प्रविण श्रेष्ठको सरुवा भएको छ ।
३० वर्षे सेवाअवधीको कारण डिआईजीहरु हरिशंकर बुढाथोकी,केबी ब्रहमाचार्य, राजेन्द्र वस्नेत र हरिशचन्द्र अधिकारी मंसिर २८ मा अनिवार्य अवकासमा जान लागेकाले उनीहरुलाई हटाइएको हो । अवकाशको मुखमा उनीहरु अनियमिततामा संलग्न भएको रिपोर्ट सार्वजनिक भएको थियो । सेनाबाट सशस्त्र प्रहरीमा आएका उनीहरु भर्नादेखि नभई तालिम सकिएपछिको अवधिलाई आधार मानेर जागिर अवधि बढाउन लागिपरेका छन् । उनीहरुले गृह मन्त्रालयमा समेत यससम्बन्धि निवेदन दिएका छन् ।