Logo
Logo

उद्योग वाणिज्य महासंघको निर्वाचन : ६४ पदका लागि १२१ जना भिड्दै


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौँ, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँं साधारणसभाबाट बन्ने नयाँ कार्यसमितिका लागि अहिले आठ बजे निर्वाचन सुरु हुँदैछ । महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरि कुन ६४ पदका लागि निर्वाचन हुन लागेको हो ।
महासंघको निर्वाचन समितिले तोकेको समय अनुसार अहिले बिहानको ठिक ८ बजेबाट निर्वाचन प्रक्रिया शुरु हुनेछ । ८ बजेबाट शुरु हुने मतदान प्रक्रिया बेलुका ४ बजेसम्म चल्ने छ भने मत परिणाम शनिबार बेलुका नै सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनका लागि महासंघले तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ । उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की ब्याङकेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासंघको आफ्नै सचिवालय, टेकु निर्वाचन केन्द्र तोकिएको छ ।
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुन लागेको हो । प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जना आकाँक्षी देखाएपनि अन्तिम समयमा ४ जनाले आफ्नो उमेदवारी फिर्ता गर्दा र २ जना निर्विरोध भएका छन् । जसमध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला÷नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य निर्वाचित हुने छन् ।
महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार निर्वाचनमा १ हजार १ सय १६ जना मतदाताहरुले मतदानमा भाग लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्