Logo
Logo

नेकपामा अदृश्य पात्र


- शम्भु श्रेष्ठ

2.9k
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चर्किएको अन्तरद्वन्द्व कहाँ गएर टुंगिन्छ यसै भन्न नसकिए पनि ओली र प्रचण्डबीच विवाद निम्त्याएर आफ्नो दूनो सोझ्याउन खोज्ने बालुवाटारका अदृश्य पात्रहरु दुवै अध्यक्षलाई नंग्याउन भने सफल भएका छन् । ओली र प्रचण्डबीचको आरोप प्रत्यारोप हेर्दा ओलीका शब्द–शब्दमा अहंकार र दम्भ देखिन्छ भने प्रचण्डमा कुण्ठा र शालिनता । यसबाट के बुझिन्छ भने बालुवाटारमा बसेर ओलीको काँधमा बन्दुक राखेर पड्काउने अदृश्य पात्रहरु सफल, सिंगो पार्टी नेतृत्व असफल जस्तै देखिएको छ । वास्तवमा हुनुपर्ने के थियो भने, दुई जना अध्यक्ष मिलेर पार्टी एकता गर्दा के–के सहमति भएको थियो, अहिले ती सहमति कार्यान्वयन गर्न किन र कसले बाधा अड्चन खडा ग¥यो र त्यसको समाधान कसरी गर्ने भन्ने कुरामा छलफल हुनुपर्ने थियो । र, गल्ती कमजोरी दुई अध्यक्षमध्ये जसबाट भए पनि आत्मालोचना गर्दै पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयनको बाटोमा लाग्नुपथ्र्यो । त्यसो नहुँदा एउटाले ‘कट्टु खोलेर यी हेर’ भन्दा अर्कोले पनि त्यही गरेको दृश्य अस्ति शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा देखियो ।

शम्भु श्रेष्ठ

दुई पार्टी मिलेर एउटा पार्टी बनेको भएपनि पार्टीभित्र ‘तँ पूर्वएमाले, म पूर्वमाओवादी’ भन्ने मनोविज्ञानले काम गरेको छ । पार्टीभित्र मनोवैज्ञानिकरुपमा यस्तो खेल खेल्ने काममा प्रधानमन्त्री ओलीकै वरपर बस्ने अदृश्य पात्रहरु लागिपरेका छन् । ती अदृश्य पात्रहरु कहाँबाट सञ्चालित छन् भन्ने कुरा ओलीले बुझेका छैनन् ।

अब यसरी पार्टी एकीकरणका कामलाई टुंगोमा नपु¥याई अध्यक्षद्वय वाद–विवाद गरेर हिँड्ने हो भने त्यसले विभाजन निम्त्याउँछ । बाहिरबाट हेर्दा नेकपा भित्रभित्र फुटिसकेको छ । त्यसको औपचारिक घोषणा कहिले हुन्छ भन्ने मात्र हो । किनभने, दुई पार्टी मिलेर एउटा पार्टी बनेको भएपनि पार्टीभित्र ‘तँ पूर्वएमाले, म पूर्वमाओवादी’ भन्ने मनोविज्ञानले काम गरेको छ । पार्टीभित्र मनोवैज्ञानिकरुपमा यस्तो खेल खेल्ने काममा प्रधानमन्त्री ओलीकै वरपर बस्ने अदृश्य पात्रहरु लागिपरेका छन् । ती अदृश्य पात्रहरु कहाँबाट सञ्चालित छन् भन्ने कुरा ओलीले बुझेका छैनन् । ओलीको यही कमजोरीलाई समाएर ती पात्रहरु पार्टी फोड्ने औजार बनिरहेका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणको पृष्ठभूमि पनि यिनी अदृश्य पात्रहरुको माध्यमबाट भएको कुरा ओलीले आफ्नो पतनपछि मात्रै थाहा पाउनेछन् ।

त्यसैले अरुमाथि आरोपको चाङ लगाएर आफू त्यही चाङमा थिचिनुभन्दा ती आरोपका चाङमाथि बसेर खुला हृदयले पुनः कार्यकारी अध्यक्षसँग अंकमाल गर्नु बुद्धिमानी हुनेछ । किनभने, जसले जति भड्काए पनि ओली अहिले उभिएको जग भनेको एकताको बलमा निर्मित जग हो । सुदृढ एकताले नै त्यो जगलाई बलियो बनाउने हुँदा अध्यक्ष र प्रधानमन्त्रीजस्तो जिम्मेवार नेता बहकिनु हुँदैन । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको जवाफ सडकभरि छरिएको छ । त्यसका हरेक पाना र अक्षरले पूर्वाग्रह ओकलेको छ । विगतका कुरा कोट्याएर केही फाइदा छैन । पार्टी एकता भइसकेपछि किन पार्टी एकता गरेँ भन्ने कुराको जवाफ ऋषिमनले खोज्नुपर्छ । इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्न पनि आफूभित्रको कमी, कमजोरीलाई सच्याउनु पर्छ । एकपछि अर्को गल्ती गर्दै जाँदा भड्खालोमा परिन्छ कि भन्नेतिर सधैँ सचेत हुनुपर्छ ।

अन्त्यमा, यो आरोप–प्रत्यारोपको खेती बन्द गरेर भदौ २६ गते स्थायी कमिटीले दिएको ‘रोडम्याप’मा हिँड्नु नै समस्या समाधानको बाटो हो । स्थायी कमिटीले दिएको ‘रोडम्याप’लाई लत्याउन खोज्दा यो समस्या सिर्जना भएको हो भन्ने कुरालाई पनि ओलीले समयमै मनन गर्न सके समाधान निकट छ, नभए दुर्घटनाबाट अब नेकपालाई कसैले जोगाउन सक्दैनन् । किनभने, ओली र प्रचण्डबीचको प्रतिवेदन युद्धका पछाडि केही अदृश्य पात्रहरु भूमिकामा छन् । जसले यी दुईलाई असफल बनाएर आफू सफल बन्ने बाटो कुरेर बसेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्