Logo
Logo

उद्योगमा सवा अर्बको खेल


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १६ मंसिर । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा व्यापारीलाई सवा अर्ब रुपैयाँ राजश्व छुट दिएर केही करोड कमिशन खाने चलखेल अघि बढेको छ । मन्त्री लेखराज भट्टलाई प्रभावमा पारेर एक समूहले सिमेन्ट उद्योगहरुलाई एक अर्ब २६ करोड रुपैयाँ राजश्व छुट गराउन लबिङ गरिरहेका छन् । यसमा करोडौंको चलखेल रहेको स्रोत बताउँछ ।

विभिन्न स्थानमा सञ्चालित ९ वटा सिमेन्ट उद्योगहरूले स्वीकृत भन्दा धेरै क्षेत्रमा उत्खनन गरेका थिए । स्वीकृतभन्दा धेरै परिमाणमा चुनढुंगा निकालेका भन्दै खानी तथा भूगर्भ विभागले कारवाहीको सिफारिस गरेकोमा उनीहरुलाई जोगाउने चलखेल चलिरहेको हो ।

यसरी प्राकृतिक स्रोत दोहन गर्नेमा ठूला खानीहरु छन् । यसमा मारुती सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, डोलोमाइट चुनढुंगा प्रालि, सोनापुर मिनरल्स एण्ड आयल प्रालि, अन्नपूर्ण क्वारिज प्रालि, युनाइटेड सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कञ्चन क्वेरिजमाथि कारबाही सिफारिस भएको थियो । उनीहरुलाई एक अर्ब २६ करोड १९ लाख ४८ हजार रुपैयाँ तिराउनुपर्ने विभागको प्रस्ताव भएपनि मन्त्रालयले प्रस्ताव कार्यान्वायनमा चासो दिएको छैन । बरु उनीहरुलाई सचेत गराएर छाड्न लागिएको छ । पटक पटक सचेत गराउँदा पनि ती उद्योगले धेरै क्षेत्रमा उत्खनन गरेकाले कारबाही गर्नु परेको विभागका एक उच्च अधिकारी बताउँछन् । नियम मिच्ने ९ वटै सिमेन्ट कम्पनी एकजुट भएर कारबाहीबाट जोगिन लबिङ गरिरहेका छन् ।

उद्योग मन्त्रालयमा बिचौलिया समूहले यस्ता लबिङ गर्दछन् । यसअघि मदिरा उद्योगको स्तारोन्नतीका लागि भने ठूलो चलखेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्