Logo
Logo

नेपालका कम्युनिष्टहरुको उल्टो यात्रा


- लक्ष्मण देवकोटा

1.1k
Shares

  • लक्ष्मण देवकोटा

साताभरि युरोपेली अखबार र टेलिभिजनहरुमा चर्चाको मुख्य विषय रह्यो, कोरोनाविरुद्धको भ्याक्सिन । कोरोनाको भ्याक्सिन बनेर बजारमा आउनै लागेको कुराले युरोपेलीहरु हर्षित र उत्साहित छन् । भ्याक्सिन उत्पादन, बिक्री कुन देशले कसलाई उछिन्ने भन्ने विषयमा चलिरहेका घनचक्करहरुसँगै अन्तर्राष्टिय मन्चमा भइरहेका लबिङहरुको खबरले युरोपेली, अमेरिकी र चिनियाँ मिडियामा समेत प्रमुखता पाएको छ । ठीक, त्यही समयमा हामी भने प्रधानमन्त्री तथा नेपालको ठूलो कम्युनिष्ट दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कस्तो जवाफ फर्काउलान् ? भन्ने विषयमा केन्द्रित भयौँ । पार्टी फुट्ला कि नफुट्ला ? अब के होला ? भन्ने पीरलोमा सामाजिक सन्जालमा दाइँ खेलेका कम्युनिष्ट गुटका टाँगावालहरु एकले अर्कोलाई विष्ट्याएका दृष्यहरु पनि देखिए ।

सत्तारुढ दल नेकपाभित्र यही चरम असहिष्णु आरोप प्रत्यारोपका बीच दुई देशको कूटनीतिक दौड चलिरह्यो । भारतीय विदेशसचिव हर्षवद्र्धनले के गरेर गए ? चिनियाँ रक्षामन्त्री वेइ फेङहीको भ्रमणका बहुआयामिक पक्षमा सामाजिक सञ्जालमा खासै कसैको चासो र चिन्ता नरहे पनि प्रधानमन्त्री ओलीले सचिवालयमा प्रस्तुत गरेका प्रतिवेदन बजारमा छरपष्टै भयो । यसै त झगडा र त्यसमाथि आरोप प्रत्यारोप हेर्न बहुत मजा र आनन्द लाग्ने हाम्रो बानी, उसैमाथि धुरीमा बसेकाहरुको लगौंटी तानातान । जगतले हाँसीहाँसी हेर्ने नै भयो ।

नेकपाभित्रको विवाद देख्दा सत्ताको झगडा मात्रै देखिए पनि, यो मूलत आफ्नो आदर्शबाट च्यूत हुँदै गएपछिको परिणाम नै हो । मूलत पार्टी र सरकार बीचको सम्बन्ध कस्तो हुने भन्ने बारेमा गन्जागोल परिस्थिति पनि अर्को कारण हो । प्रधानमन्त्री ओली म अध्यक्ष भएपछि सर्वेसर्वा म नै हुँ भन्ने एकांकी सोंचमा बसेका छन् । म नै अध्यक्ष भएपछि पार्टी पनि मै सरकार पनि मै भन्ने चिन्तन यो सब गन्जागोलको मूल जरो हो । यो संघीयता अभ्यास गरिएका मुलुकहरुमा भइरहेका अभ्यासको पूरै उल्टो कुरा हो । संघीयता अभ्यास भएका मुलुकहरुमा तलदेखि माथिसम्मको अवधारणाले काम गरिरहेको हुन्छ । ओलीले माथिदेखि तलसम्मको अवधारणालाई प्रयोगमा ल्याउन खोजेको देखिन्छ । यसले गर्दा पद्धतिमै समस्या देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी अहिले उल्टो गतिमा हिँडिरहेको छ । पुग्नुपर्ने गन्तव्य र समाजका यावत समस्याहरुको क्रमबद्ध निदानको राजनीति र सामाजिक उभार ल्याउन छोडेर उ, पूर्णतः संसदीय भासमा जाकिएको छ । कम्युनिष्टहरुले निकै प्रयोग गरिरहने संसदीय भास भनेको यही नै हो । अहिले सत्तामा रहेका कम्युनिष्टहरुलाई यहाँसम्म ल्याइपु¥याउन बहुत धेरै इमान्दार कार्यकर्ताहरुको र ती कार्यकर्ताहरुले गरेका प्रतिवद्धताहरुको योगदान छ । ती प्रतिवद्धताहरुको अन्तिम टुंगो समाजवाद हुनेछ भनेर पार्टीले नै निक्र्यौल गरेको छ चुनावी घोषणापत्रमा । कम्युनिष्टहरुले शौचालय बनाउनेसमेत चेतना नभएका वस्तीहरुमा गएर चेतनाको राँको बालेकै टुकीको निरन्तरस्वरुप हो यो सरकार । यसका विपरीत नेतृत्व तहमा रहेका मानिसहरु उनीहरुकै कारण मात्र जनताहरुले मत खसाएका हुन् भनेझैं गरी कुरा गरिरहँदा ती तमाम कार्यकर्ताहरु जो भोकभोकै गाउँवस्ती, रनवन गए, तिनीहरुको घोर अपमान भइरहेको छ ।

नेपालमा पञ्चायतीकालदेखि नै भ्रष्टाचारको जरो गडेको थियो । त्यो जरोलाई मलजल दिने काम काँग्रेसले गर्यो । राज्यको ढुकुटीको चरम दुरुपयोग र आफ्ना मानिसहरुलाई मात्र अवसर दिएर काँग्रेसीहरुलाई मात्रै रेखदेख गरेकै कारण तलका जनता रिसाएका थिए । जताततै भ्रष्टाचारले जनता आजित थिए । अहिलेको सरकारले भ्रष्टाचारको विरुद्ध जेहाद छेंड्नुपर्ने थियो । तर अहँ, वडादेखि सिंहदरबारसम्म मान्छेका नांगा आँखाले देख्ने गरी ब्रम्हलुट भएपछि ओलीको शून्य सहनशीलता टुकुचामा बग्यो । अझै उल्टै विवादित मन्त्रीहरुलाई न्यायको कठघरामा उभ्याउनुको साटो सँरक्षण र ढाकछोप गर्न थालेपछि आम जनता कसैलाई चित्त बुझ्ने कुरै भएन ।

आम रुपमा सरकारले गरेको कामको भागिदारी पार्टी भइरहने भएपछि र जिल्ला गाउँ तहका कार्यकर्ताले केही लाभमा बसेका आफ्ना सहयात्रीको कामको जवाफ दिँदै हिंड्न परेपछि स्थिति बिग्रने नै भयो । नेकपाभित्रको विवाद देख्दा सत्ताको झगडा मात्रै देखिए पनि, यो मूलत आफ्नो आदर्शबाट च्यूत हुँदै गएपछिको परिणाम नै हो । मूलत पार्टी र सरकार बीचको सम्बन्ध कस्तो हुने भन्ने बारेमा गन्जागोल परिस्थिति पनि अर्को कारण हो । प्रधानमन्त्री ओली म अध्यक्ष भएपछि सर्वेसर्वा म नै हुँ भन्ने एकांकी सोंचमा बसेका छन् । म नै अध्यक्ष भएपछि पार्टी पनि मै सरकार पनि मै भन्ने चिन्तन यो सब गन्जागोलको मूल जरो हो । यो संघीयता अभ्यास गरिएका मुलुकहरुमा भइरहेका अभ्यासको पूरै उल्टो कुरा हो । संघीयता अभ्यास भएका मुलुकहरुमा तलदेखि माथिसम्मको अवधारणाले काम गरिरहेको हुन्छ । ओलीले माथिदेखि तलसम्मको अवधारणालाई प्रयोगमा ल्याउन खोजेको देखिन्छ । यसले गर्दा पद्धतिमै समस्या देखिएको छ ।

भन्नलाई नेपालको आफ्नै मौलिकता र विशेषता भनेर यौटा भेग शब्दावली प्रयोग गरिदिएर सत्तासिनहरु समस्याको चूरो कुरोमा जान चाहँदैनन् । प्रधानमन्त्री तथा अध्यक्ष ओली त नेपाल कम्युनिष्ट पार्टीका अगुवा हुन् । यदि कम्युनिष्ट पार्टी हो भने, उनी पार्टी कमिटीलाई नाघेर या कमिटीलाई निर्णयहरु मान्दिन भनेर कसरी जान मिल्छ ? उनैले स्थायी कमिटी र सचिवालयको बैठकलाई लत्याउने ? अनि, उनैले कार्यकारी अध्यक्ष प्रचण्डलाई पद्धति सिक्नुस् भनेर भन्दा मिल्ने कुरा हुन्छ र ? पार्टी पद्धतिलाई, कमिटीको निर्णयलाई चुनौती दिने उनको अहंकारी चरित्रले सरकार र पार्टीबीचको समन्वयलाई पूरै भत्काइदिएको छ ।

सरकारमा पुग्ने व्यक्ति गौण कुरा हो । मुख्य कुरा त पार्टीको घोषणापत्र र निरन्तर पार्टीको कृयाशीलता हो । त्यो अहिले शून्यमा झरेको छ । यसको जिम्मेवारी प्रचण्डको टाउकोमा थोपरेर ओली कसरी भाग्न मिल्छ ? पार्टीको निर्णयलाई नै अध्यक्षले मान्दिनँ भनेर भनेपछि जमिनसम्मै अराजकता नआएर के आउँछ ? मानिसहरुले बिहानैदेखि बेलुकासम्म संचारमाध्यममा भ्रष्टाचार, बेथिति र कोरोनाले मरेका मानिसहरुको लासका खबरहरु हेरेर बसिरहेका छन् । कोरोनाको कारण जताततै स्थिति बिग्रिएको छ । खेतबारी हुनेहरुलाई त खानेकुराको अभाव नहोला तर दिनदिनै काम गरी खानेहरुको, ससाना व्यापार व्यवसायी गरेर बाँच्नेहरुको स्थिति त झन् डरलाग्दो छ । पत्रकारहरु तलबै नपाई निकालिएका छन् । नेताहरुकै समाचार बनाउने, उनैका अन्तरवार्ता लिनेहरु बालुवाटारमा आफ्ना आर्तनाद सुनाउन पुगिरहेका खबर आइरहेका छन् । समाजका यी यावत् समस्याहरुलाई सम्बोधन नगरेर त्रिपालले छोपेको रेलको कुरा गरेर कसले पत्याउँछ र ? सार्वजनिक ठाउँमा भोका मानिसहरुलाई ख्वाउन नदिएर लखेट्ने सरकारले तिनै भोका मानिसहरुलाई कहिल्यै किन एक छाक नख्वाएको होला भनेर किन सोचिएन ?

त्यागको नाटक केवल नाटक मात्र हो भन्ने बुझ्न किन पनि सकिन्छ भने, त्यागीले त्याग गरौं भनेर हल्ला गर्दैन । उसले सिधैँ त्याग गर्छ । मानिसहरुलाई शब्दजालमा अल्झाएर विषयान्तर गर्नेहरुले गरेका हरेक नाटकहरु हेरेर यो समाज अघाइसकेको छ । नेकपाकै कार्यकर्ता पँक्तिमा देखिएको निराशा, आक्रोश र वितृष्णा मुलुककै निम्ति दूर्भाग्य हो । ओलीलाई निर्वस्त्र बनाएर सवाल जवाफमा उतार्नेहरुले यो कुरो बुझेननन् या बुझेर पनि स्वार्थकै कारण बुझ पचाएका छन् । संघीय मुलुक स्वीसमा पुरानो कहावत छ, असल शासकले अर्थोक गर्दैन शासन मात्र गर्छ । हामीकहाँ त शासकले अर्थोक गर्ने, तर असल शासन नगर्ने पो परम्परा चल्न थालेको छ ।

यही उदाहरणबाट बुझिन्छ कि गर्नुपर्ने कुराहरु, नगरि नहुने दायित्वका कुरा छोडेर सरकार बरालिएको छ । पार्टी पानी जमेको दह जस्तो भएको छ । सँगठनात्मक सिद्धान्तका सबै कुरा बिरानो भएकाछन् । आधाआधी बाटो हिंड्दा भएका गल्ती, कमजोरी सच्याएर अघि बढ्नुको साटो आत्मरतिमा रमाइरहे जस्तो देखिन्छ । सरकार र पार्टीबीच समन्वयको अभाव, संवादहीनताले पार्टीभित्रको स्थिति खलबलिएको छ ।

राजनीतिशास्त्रमा रुचि राख्नेहरुले यो तरल अवस्थाको अन्त्य अवश्य हुन्छ भन्छन् ढिलोचाँडो । प्रचण्डले प्रश्नको तरवार ओलीको टाउकामाथि झुण्ड्याइदिएर ओलीलाई नैतिक संकटमा पारेको अवस्थामा ओलीले दिएका उत्तर उति वजनदार देखिएका छैनन् । तथापि, ओलीको लयमा त्यो उत्तर लेखिएको छैन । टर्रा र तीताकुराहरु, गालीगलौजको उही शैली र अभ्यासमा नीति, सिद्धान्तका कुरा आकाशका तारा भएका छन् । त्यागको नाटक केवल नाटक हो भन्ने बुझ्न किन पनि सकिन्छ भने त्यागीले त्याग गरौं भनेर हल्ला गर्दैन । उसले सिधैँ त्याग गर्छ । मानिसहरुलाई शब्दजालमा अल्झाएर विषयान्तर गर्नेहरुले गरेका हरेक नाटकहरु हेरेर यो समाज अघाइसकेको छ । नेकपाकै कार्यकर्ता पँक्तिमा देखिएको निराशा, आक्रोश र वितृष्णा मुलुककै निम्ति दूर्भाग्य हो । ओलीलाई निर्वस्त्र बनाएर सवाल जवाफमा उतार्नेहरुले यो कुरो बुझेननन् या बुझेर पनि स्वार्थकै कारण बुझ पचाएका छन् ।

संघीय मुलुक स्वीसमा पुरानो कहावत छ, असल शासकले अर्थोक गर्दैन शासन मात्र गर्छ । हामीकहाँ त शासकले अर्थोक गर्ने, तर असल शासन नगर्ने पो परम्परा चल्न थाल्यो । कम्युनिष्टहरु विनम्र र विनयशील हुनुपर्छ । फल झरेको रुख जस्तो ठिंग र रुखो भएर जनताको मन जित्न सकिँदैन । स्वार्थ र अहम्को रापतापले होला मानिसहरु टर्रा र रुखा लाग्न थालेका छन् । दूरदराजबाट हेर्दा नीति, सिद्धान्त र घोषणापत्रलाई रद्दीको टोकरीमा थन्क्याएर सत्ताधारी कम्युनिष्टहरु उल्टो यात्रा गरिरहेका छन् ।

तर, द्वन्दात्मक भौतिकवादमा विश्वास गर्नेहरुले परिवर्तनको शाश्वत सत्यलाई कसरी नकार्न सक्छन् र ? ढिलोचाँडो अर्को तागतले यसलाई विस्थापित गर्दछ । त्यो पार्टीभित्रैको तागत पनि हुनसक्छ, बाहिरको पनि । किनभने, विज्ञानमा विश्वास गर्ने हामीहरुले शक्ति स्थिर भएर बस्दैन भन्ने स्वीकार्नुपर्छ । प्रचण्ड, नेपाल र ओलीबीचको त्रिकोणात्मक संघर्षको रगडाइ विष्फोट भएर विग्रह भयो भने शक्तिको बल कोर्टबाट बाहिर जाने नै छ । समस्या खडा गर्नेहरुकै हातमा छ समाधानको उपाय पनि । सबैलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस्