काठमाडौं । एभरेष्ट बैंकले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाहगृह स्थापना गरेको छ । यस शवदाहगृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जसले वातावरणमा पुग्नुअघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाई प्रदूषण नियन्त्रण गर्न मद्दत गर्नेछ ।
सो शवदाहगृह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीद्वारा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई अन्य प्रमुख अतिथिहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए । एभरेष्ट बैंकले सधैं आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र यसको सीएसआर गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
बैंकले हाल ९८ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १२८ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३० वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।