काठमाडौं, १८ मंसिर ।
राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शीतलनिवासमा बिहीबार बिहान अनौपचारिक भेटवार्ता भएको हो ।
प्रधानमन्त्री भएयता सर्वाधिक संकटमा परेका ओलीले सम्भावित योजनाबारे छलफल गरेको बताइएको छ । राष्ट्रपतिसँगको भेटलाई कतियले कुनै अध्यादेश ल्याउने तयारीका रुपमा समेत बुझेका छन् ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।