काठमाडौं, १८ मंसिर ।
नेकपाभित्रको विवाद चर्किरहेका बेला नेकपाका अध्यक्ष राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । बिहीबार साँझ उनी शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपतिकै बोलावटमा उनी शीतलनिवास पुगेको स्रोत बताउँछ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार बिहान नै भेटघाट भएको थियो ।
नेकपाको सचिवालय बेठक शनिबार बस्दैछ । त्यसअघि दुवै पक्ष आ–आफ्नो रणनीतिमा छन् ।