काठमाडौं । नेपाल बंगलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरी जिल्लाको राजविराज नगरपालिका–४ मा आफ्नो ९८औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले मंसिर १८ गतेबाट सप्तरी जिल्लाको राजविराज शाखा उद्घाटन गरी औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
उक्त शाखाको औपचारिक उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैंकका प्रादेशिक प्रमुख बालकृष्ण श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकि« सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकि« सेवा प्राप्त गर्न सक्नेछन् । राजविराज शाखासहित बैंकले ९८ शाखा, सात एक्सटेन्सन काउन्टर तथा ८१ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।