काठमाडौँ, १९ मंसिर ।
सत्तारुढ नेकपाभित्र बढेको विवादको असर भातृ संगठनहरुमा देखिन थालेको छ । पार्टी नेतृत्वमा विवाद चर्किरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले भेला गरेका छन् । शुक्रबार थापाथली क्याम्पसमा विद्यार्थीहरुको भेला भएको हो ।
नेकपाका दुवै अध्यक्षले लिखित प्रस्तावमै एक अर्काविरुद्ध गुटबन्दी गरेको आरोप लगाइरहेका बेला दाहाल–नेपाल समूह निटक विद्यार्थीहरुको भेला पार्टीभित्रको तिक्तता झन बढाएको छ ।
भेलामा दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्री, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियु सह–संयोजक रञ्जित तामाङलगायतको सहभागिता छ ।