Logo
Logo

३५ हजार घुससहित हवल्दार पक्राउ


- दृष्टि न्युज/संवाददाता

1.6k
Shares

काठमाडौं, १९ मंसिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई ३५ हजार घूस रकमसहित शुक्रबार पक्राउ गरेको छ ।


घूस मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कृष्णनगरमा घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एन्ड दुर्गा गेष्ट हाउसबाट रकमसहित पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । आयोगले कृष्णनगर बिओपीका इन्सपेक्टरमाथि समेत छानबिन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्