काठमाडौं, २० मंसिर ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमनत्री र पार्टी अध्यक्ष दुवै पद आफुले नछाड्ने अडान लिएका छन् । शनिबारको सचिवालय बैठकमा उनले यस्तो बताएका छन् ।
चुनावअघि प्रधानमन्त्री र महाधिवेशनअघि पार्टी अध्यक्ष नछाड्ने अडान राखेको एक सचिवालय सदस्यले बताए । अहिले आफुलाई बहुमतको आधारमा हटाउन नसकिने उनको भनाई छ ।
प्रचण्ड तथा माधव नेपाल पक्षले दुईमध्ये एक पद छाड्नुपर्ने बताएपछि ओलीले त्यस्तो बताएका हुन् । जसअनुसार पार्टीभित्रको विवाद झन् चर्कने देखिएको छ ।
आइतबार पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको छ ।