काठमाडौं, २२ मंसिर ।
पार्टीको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार उनले बालुवाटारमा बैठक बोलाएका हुन् ।
कोभिड– १९ नियन्त्रण, पछिल्लो समय भएको राजावादीहरुको प्रदर्शन लगायतका विषयमा ओलीले यस्तो बैठक बोलाएको स्रोत बताउँछ । सरकार सञ्चालनमा ओलीले ध्यान नदिएको भनेर आलोचना भइरहेकाले पनि उनले यतातर्फ लागेको आँकलन गरिएको छ।