Logo
Logo

मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या


- दृष्टि न्युज/संवाददाता

1k
Shares

विराटनगर, २३ मंसिर ।
मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले हत्या गरेको प्रहरी आशंका छ ।


मिक्लाजुङ गाउँपालिका -१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ।
प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए। श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्