Logo
Logo

खल्तीको माध्यमबाट एनआइबिएलको खुलामुखी योजनाका इकाई खरिदको व्यवस्था


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी मंसिर २२ बाट खल्तीको माध्यमबाट एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको छ ।


यसअघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आइपिए र नेपाल इन्भेष्टमेन्ट बैंकको इ–बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । कोष प्रबन्धक, एनआइबिएल एस क्यापिटलले लगानीकर्तालाई बिना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि एनआइबिएल एस क्यापिटल लिमिटेडलको प्रमुख शाखामा सम्पर्क गर्नु गर्न सकिने तथा टेलिफोन नम्बर ०१४४२५२८० र इमेल गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्