काठमाडौं, २५ मंसिर ।
पछील्लो २४ घन्टामा एक हजार दुई सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ७ हजार २ सय ३२ जनाको परीक्षण भएको थियो ।
२४ घन्टामा एक हजार ६४ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ मा पुगेको छ । तीन महिनाअघि सक्रिय संक्रमितको संख्या ४५ हजारसम्म पुगेको थियाे।
सार्क राष्ट्रमा निको दर सबैभन्दा राम्रो नेपालको छ । नेपालमा ९४.१ प्रतिशत निको भइसकेका छन् । भारतमा ९३ प्रतिशत छ । सबैभन्दा कम ७२ प्रतिशत मात्र निको भएका भइसकेका छन् । विश्वमा संक्रमितमध्ये निको हुने ६९.३ प्रतिशत छ ।
नेपालमा दुई लाख ४५ हजार ६ सय ५० जनामा संक्रमण भएकोमा २ लाख ३१ ह्जार ६ सय १ निको भएका छन् । १६६३ जनाले ज्यान गुमाएका छन् ।