काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार नपा–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज नपा–१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभूमि नपा–९, बिजगौरी, कञ्चनपुर बेलौरी नपा–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गापा–६, हुटी र जिल्लाकै मलिकार्जुन गापा–६, उकुमा थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १४१ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङसुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।