काठमाडौं, २८ मंसिर ।
बालुवाटारस्थित सरकारी जग्गा हिनामिनामा संलग्न भएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात अदालतमा उपस्थित भएका छन् । अदालतमा मुद्दा दायर भएको १० महिनापछि उनी उपस्थित भएका हुन् ।
उनको बयान भइरहेको बिशेष अदालतको प्रवक्ता पुष्पराज पाण्डेले बताए । बस्न्यातविरुद्ध ९ करोड ७५ लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो । भौतिक मन्त्रालयको सचिव हुँदा उनी सो प्रकरणमा मुछिएका थिए ।