Logo
Logo

५० रुपैयाँको रक्सीका लागि महिलाको हत्या, कुकुरले पत्ता लगायो अभियुक्त


- दृष्टि न्युज/संवाददाता

882
Shares

काठमाडौं, २८ मंसिर ।
कपिलवस्तुमा ५० रुपैयाँको रक्सीको विवादमा एक महिलाको हत्या भएको छ । शिवराज नगरपालिका वडा नं ५ स्थित मकबुल मियाको घरको पछाडीको आगनमा सोही घरमा डेरा गरी वस्ने वर्ष ५९ की शुसिला खड्काको हत्या भएको हो ।


उनको टाउकोमा चोट सहित रगताम्मे भई मृत अवस्थामा लास फेला परेको थियो । घटनस्थललाई सुरक्षित राखी तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा बाँकेवाट जम्बो नामको अपराध अनुसन्धान ( ट्रयाकर ) तालिम प्राप्त कुकुर झिकाई आइतबार बिहान उक्त घटनास्थलमा डग स्नाईफिङ गराउदा सोही घरमा मृतक सँगै बस्ने मृतकको भतिजो नाता पर्ने वर्ष २३ को तोरण बहादुर खड्कालाई पहिचान गरेको र निज तोरण बहादुर खड्कालाई सोधपुछ गर्दा निजले र मृतक शुसिला खड्काले नै हत्या गरेको पुष्टि भएको थियो । फुपु र उनी सँगै मादक पदार्थ रक्सी सेवन गरेका, थप रक्सी ल्याउन मृतक सँग ५० माग्दा नदिएपछी वादविवाद सृजना भई निज तोरण बहादुर खड्काले ईट्टा, मसला पिस्ने सिलौटो समेतले मृतकको टाउकोमा प्रहार गरी हत्या भएको खुलेको छ । तालिमप्राप्त कुकुरको सहयोगमा नौ घन्टामै अभियुक्तलाई पक्राउ गर्न सफल भइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्