काठमाडौं, २६ मंसिर ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार पूर्व प्रमुख आयुक्त दीप बस्नेत जेल चलान भएका छन् । बिशेष अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको हो ।
९ करोड ५५ लाख बिगो दाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । बस्नेत आइतबार अदालत उपस्थित भएका थिए ।