Logo
Logo

कुमारी बैंकको २०औंं वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिरप्रताप जबराको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फोर्म जूममार्फत शेयरधनि महानुभावहरुको धारणा समावेश गरेको थियो ।

साधारणसभाले शेयरधनीहरुलाई आव २०७६/७७ को लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारीपश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८७ करोड हुनेछ ।

आर्थिक वर्ष २०७६÷७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु. १२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु. ११५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा रु. २ अर्ब १४ करोड तथा रु. १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु. १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको सञ्चालन मुनाफा र रु. ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे जानकारी दिएको छ । हाल बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्