Logo
Logo

विपी प्रतिष्ठानमा औषधि ठेकेदारद्वारा ठगी


- दृष्टि न्युज/संवाददाता

882
Shares

धरान, ३० मंसिर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा औषधि आपूर्ति गर्ने गर्ग इम्पेक्सले नक्कली स्प्रीट आपूर्ति गरे पछि प्रतिष्ठानलाई कसरी वर्षौँदेखि ठगी गरिरहेको छ भन्ने कुराको प्रमाणसहित भण्डाफोर भएको छ ।

धेरै वर्ष पहिलेदेखि विपी प्रतिष्ठानका पदाधिकारीलाई प्रभावमा पारेर औषधि र अस्पतालका सामग्रीहरुको ठेक्का हात पार्दै आएका धरानका व्यापारी चेतन अग्रवालको गर्ग इम्पेक्सले आपूर्ति गरेको स्प्रीट नक्कली भएको पाइएको छ । सो स्प्रीट प्रयोग गर्दा हातभरि निलो रङ आउन थालेपछि डाक्टरहरु रिसाएर प्रशासनलाई गुनासो पोखाएका थिए । ४ हजार जार स्प्रीटमध्ये पहिलो चरणमा २८८ जार आपूर्ति गरेको सबै स्प्रीट नक्कली पाइएकाले फिर्ता गरिएको स्टोर प्रमुख सजीव कर्ण बताउँछन् । यसै वर्षमा ४ हजार जार हजारौँ लिटर स्प्रीट आपूर्ति गर्ने ठेक्का पाएका व्यापारीले सिसा मिसाएको स्प्रीट दिएपछि प्रतिष्ठानले फिर्ता गरेको छ । तर, कुनै कारवाहीको प्रक्रिया भने अगाडि बढेको छैन ।

स्प्रीटजस्तो महत्वपूर्ण रसायनलाई यसरी हेलचेक्रयाइँ गरी जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने ठेकेदार र स्टोर प्रमुखलाई तुरुन्त कारवाही गरिनुपर्ने चिकित्सक तथा दन्त चिकित्सक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेल बताउँछन् । स्प्रीटलाई रुवामा चोप्दा निलो रङ आउनुपर्ने हो । तर, यो स्प्रीट चलाउँदा त हातभरि निलो रङ दलिएर आउँछ । हेप्न पनि कति साह्रो हेपेका यी व्यापारीहरुले पोखरेल आक्रोश पोख्छन् ।

“पहिलोपटक आपूर्ति गरिएको स्प्रीट प्रतिष्ठानको गुणस्तर समितिले जाँच नगराई सोझै स्टोरमा दाखिला गराएको कुरा गुणस्तर जाँच समितिका अध्यक्ष डा. परमानन्द गुप्ता बताउँछन् । ‘प्रतिष्ठानमा आपूर्ति हुने सबै सामान औषधिको गुणस्तर जाँच गरेर मात्र स्टोरमा दाखिला हुने गर्छ, तर यो व्यापारीले कसरी यत्रो स्प्रीट जाँच नगराई प्रयोगको लागि पठाउने हिम्मत ग¥यो ? हामी त अचम्ममा परेका छौँ’, गुप्ता आश्चर्य प्रकट गर्छन । यसअघि पनि तीन पटक गुणस्तरहीन रसायनहरु आपूर्ति गरेको बेला हामीले फिर्ता पठाएका छौँ । यसरी गुणस्तर जाँचपास नै नगरी स्टोरमा दाखिला गरी प्रयोगको लागि पठाउने स्टोर प्रमुख कर्ण पनि कारवाहीको भागीदार छन् । किनभने, गुणस्तर जाँचपास नगराई उनले कसरी स्टोरमा दाखिला गरे । स्प्रीटजस्तो महत्वपूर्ण रसायनलाई यसरी हेलचेक्रयाइँ गरी जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने ठेकेदार र स्टोर प्रमुखलाई तुरुन्त कारवाही गरिनुपर्ने चिकित्सक तथा दन्त चिकित्सक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेल बताउँछन् । स्प्रीटलाई रुवामा चोप्दा निलो रङ आउनुपर्ने हो । तर, यो स्प्रीट चलाउँदा त हातभरि निलो रङ दलिएर आउँछ । हेप्न पनि कति साह्रो हेपेका यी व्यापारीहरुले पोखरेल आक्रोश पोख्छन् ।

ठेकेदारको सेटिङ

बीसौँ वर्षअघिदेखि प्रतिष्ठानभित्र औषधि र अस्पतालको सामानहरु आपूर्ति गर्ने धरानका व्यापारी चेतन अग्रवाल र उनका दाजु पवन अग्रवालको नाममा रहेको ४ वटा फर्मले जसरी भए पनि सेटिङ मिलाएर ठेक्का हात पार्ने गरेका छन् । अहिले पनि तिनै दाजुभाइको फर्मले प्रतिष्ठानको ८० प्रतिशत आपूर्तिको ठेक्का पाएका छन् । उनीहरुले प्रतिष्ठानमा तलदेखि माथिसम्मका कर्मचारीलाई हातमा लिएको बताइन्छ । जसको कारण ठेक्कामा बाहिरका अन्य व्यापारीले ठेक्का पाउन छाडेको धेरै भयो भन्छन् काठमाडौँका औषधि थोक विक्रेता विजय रञ्जितकार । विशेषगरी ती व्यापारीहरुले उपकुलपतिदेखि रजिष्ट्रार, अस्पताल प्रमुख कसलाई बनाउँदा आफूलाई सहज हुन्छ भनेर नियुक्ति गर्दादेखि नै लगानी गर्ने गरेको बताइन्छ । डाक्टर बलभद्र दास उपकुलपति हुँदा उनीहरुले डेन्टल कलेजलाई चाहिने सबै सामानहरुको आपूर्ति गर्दा करोडौं कमाएका थिए । उनीहरुले उपकुलपतिसँग मिलेर भ्रष्टाचार गरेको कुरा अख्तियारले पत्ता लगाएपछि हाल तत्कालीन उपकुलपति दास र व्यापारी चेतन अग्रवाल उनका भाइ महेश अग्रवालविरुद्ध अख्तियारले करोडौँको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा हालेको छ । तर उनीहरुले अनेकांै शक्तिकेन्द्रहरुमा आर्थिक चलखेल गरी दुई वर्षसम्म पनि सो मुद्दालाई अगाडि बढ्न नदिएको कुरा प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।

यसपटक पनि उनले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई हातमा लिएर आफ्नो अनुकूलका कर्मचारीहरुलाई सरुवा बढुवा गरेको बताइन्छ । उदाहरणको लागी कम्युटर इञ्जिनीयरिङ फाँटका कर्मचारी सञ्जीव कर्णलाई स्टोर प्रमुख बनाइएको छ । सामान्य प्रशासनमा डिल्ली लुइँटेल, खरिद शाखामा अशोक साह रहेका छन् । यी कर्मचारीहरु उनका सहयोगीको रुपमा प्रतिष्ठानमा कार्यरत रहेको अन्य कर्मचारीहरु बताउँछन् ।

यसैगरी कोभिड–१९ अस्पतालमा आकस्मिक औषधि तथा सामान खरिद गर्न भनी उपकुलपतिले यिनै व्यापारीलाई ठेक्का दिँदा व्यापारी चेतन अग्रवाल र उपकुलपतिका सल्लाहकार दिलीप अधिकारीले बढी बिल भर्पाइमा हस्ताक्षर गर्न दवाव दिएको भनी दुई महिनाअघि अस्पतालका प्रमुख डा. कृष्णा पोखरेलले राजीनामा दिन बाध्य भएका थिए । भने कोभिड अस्पतालका लेखा अधिकृत विष्णु चापागाईँलाई एकै महिनामा सरुवा गरेका थिए ।

रजिष्ट्रारको अधिकार कटौती

आफैँले नियुक्ति गरेको रजिष्ट्रार डा. मोहन रेग्मीले आफूले भनेजस्तो कुरा नमानेपछि उनलाई पनि धेरै अधिकारहरु कटौती गरिदिएका छन् । बीसौँ वर्षदेखि प्रतिष्ठानको स्त्रीरोग विभागका प्रमुख भएर काम गर्दै आएका रेग्मीलाई तीन महिनाअघि रजिष्ट्रार पदमा नियुक्ति गरिएको थियो । इमान्दार व्यतिmत्व भनी परिचित रेग्मीले आफू रजिष्ट्रार नियुक्ति हुनासाथ २० लाखसम्मको खरिदमा टेण्डर गर्नु नपर्ने प्रथालाई तोडेर ५ लाखमा झारेका थिए । यसैगरी कामै नगरी भुक्तानीको लागि सिफारिस भएर आएका बिलहरु रोकिदिएपछि उनीसँग ती ठग व्यापारी र केही कर्मचारीहरु रुष्ट बन्न पुगेका थिए । उनीहरुकै सल्लाहमा उपकुलपतिले रजिष्ट्रारको धेरै अधिकार कटौती गरेको बताइन्छ । कर्मचारी नियुक्ति सरुवा बढुवामा उनीसँग कुनै सल्लाह लिने गरेको छैन । यसैगरी चार वर्षअघि नियुक्ति पाएका अस्पताल निर्देशक प्राडा गौरीशंकर शाहलाई पनि धेरै अधिकार कटौती गरी बरु डेपुटी डाइरेक्टर दिलीप ठाकुर सहायक निर्देशक प्रमोद बराललाई बढी अधिकार दिएकोमा निर्देशक शाहले अख्तिायारमा निवेदन नै दिएका छन ।

कोभिड ठेक्कामा पनि सेटिङ

६ महिनाअघि प्रतिष्ठानले सञ्चालन गर्ने गरी प्रतिष्ठानभित्र एक सय शैयाको कोभिड अस्पताल स्थापना गरिएको छ । सो अस्पतालको शुरुदेखि नै ठेकेदार चेतन अग्रवालले औषधि तथा अस्पताल सामग्रीहरु आपूर्ति गर्ने ठेक्का पाएका थिए । यस वर्ष पनि प्रतिष्ठानले सो अस्पतालका लागि साढे २ करोड बराबरको औषधि खरिद गर्ने अन्तिम तयारीमा जुटेको छ । तर सो ठेक्का पाउन पनि अग्रवाल बन्धुले कर्मचारीहरुसँग सेटिङ मिलाइसकेको कर्मचारी सूत्रले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्