Logo
Logo

रकम हिनामिना गरेको आरोपमा सञ्जय थुनामा


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, ३० मंसिर । महानगरीय प्रहरी परिसर काठमाडौंमा यतिबेला भिआइपी ठगी केसको अनुसन्धान भइरहेको छ । राजनीतिक पहुँच भएका चार जना थुनामा छन् । रमाइलो के छ भने पक्राउ पर्नेमा एक युवाका बुबा आफैं उजुरीकर्ता छन् ।

४ करोड ८७ लाख रुपैयाँ ठगी गरेको आरोपमा संजय अधिकारी, सुवर्ण केसी, कृष्ण भट्टराई र समिर अधिकारी पक्राउ परेका छन् । कीर्ते गरी फुटकेयर नामक कम्पनीको रकम हिनामिना गरेको आरोप उनीहरुमाथि छ ।

कम्पनीको सञ्चालक समितिको नक्कली माइन्यूट गरेर हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये सुवर्ण केसीका बुबा खिलबहादुर केसी आफैं उजुरीकर्ता हुन् । बुबाको उजुरीमा ठगी मुद्दामा यतिबेला छोरा प्रहरी हिरासतमा पुगेका छन् । खिलबहादुरसँगै लोकबहादुर थापाले प्रहरीमा उजुरी दिएका हुन् ।

पक्राउ परेका संजय अधिकारी राजनीतिक पहुँच भएका व्यक्ति हुन् । दरबारमार्गको विन्पी रेस्टुरेन्टका मालिक अधिकारी नेकपाका नेता वामदेव गौतमका निकट व्यक्ति हुन् । पहुँचका बाबजुद पनि उनी यतिबेला थुनामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्