Logo
Logo

सभामुख अनुपस्थित भएपनि संवैधानिक परिषद्को बैठक सुरु


- दृष्टि न्युज/संवाददाता

1.8k
Shares

काठमाडौं, ३० मंसिर ।
सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपनि संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपछि बैठक सुरु भएको हो ।


परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देउवासँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा नियुक्ति गर्न लागेका छन् । उनले प्रचण्ड र माधव नेपाल पक्षसँग भने छलफल गरेका छैनन् । यसले नेकपाभित्रको विवाद झनै बढ्ने देखिएको छ ।

बैठकमा ओली, देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा उपस्थित छन् । मुख्यसचिव शंकरदास बैरागी सदस्य सचिवका रुपमा बैठकमा सहभागी छन् ।

यद्यपी संवैधानिक परिषद् ऐनमा अध्यक्ष र कम्तीमा चार सदस्य बैठकमा उपस्थित भएमा गणपुरक संख्या पुग्ने उल्लेख गरिएको छ । गणपुरक संख्या पुगेको अवस्थामा मात्र बहुमतबाट नियुक्तिको निर्णय हुनसक्छ । जसकारण सभामुख उपस्थित नभएको अवस्थामा नियुक्तिका लागि समस्या हुने देखिन्छ । मंगलबारको बैठकमा अध्यक्ष र तीन सदस्य मात्र सहभागी छन् । उपसभामुख पद रिक्त भएकाले हाल परिषद्मा अध्यक्ष र चार सदस्य मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्