काठमाडौं, ३० मंसिर ।
संवैधानिक निकायमा एकलौटी नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ । उपस्थितमध्ये बहुमत सदस्यले नियुक्तिको सिफारिस गर्न सक्ने गरी ल्याइएको अध्यादेश मंगलबार नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
ओलीले अख्तियार लगायत निकायमा आजै नियुक्तिको तयारी गरेका छन् । तर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा समेत अध्यादेशको विरोधमा उत्रिएपछि ओली संकटमा परेका छन् । मंगलबार विहानको बैठकमा देउवा सहभागी भएका थिए ।
मन्त्रीपरिषद्मा छलफल नै नगरी अध्यादेशको माइन्यूटीङ भएको खुलेको छ । अध्यादेशपछि नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत छलफलमा जुटेका छन् । यदी ओलीले एकलौटी रुपमा नियुक्त गरेमा पार्टीभित्र झन् विवाद बढ्ने जोखिम छ ।